Logo

प्रचण्डको खुलासा : ‘सीताजीलाई पनि पार्किन्सनको समस्या देखिएको छ’



काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीतालाई वंशानुगत पार्किन्सनको  समस्या देखिएको खुलासा गरेका छन् ।

शुक्रबार सोसाइटी अफ लाइफ साइन्सेस नेपाल र डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको आयोजना गरेको जेनिटिक डिजिजबारे पहिलो राष्टिय सम्मेलनको उद्धघाट्न गर्दै प्रचण्डले भने, ‘सीताजीलाई पनि पार्किन्सनको समस्या देखिएको छ।’

असोज १० मा उनी पत्नीको उपचारका लागि सिंगापुर गएका थिए। दाहालपत्नी सीतामा पार्किन्सनका लक्षण देखिएको सिंगापुरका डाक्टरले बताएको उनको पारिवारिक स्रोत बताउँछ। यही रोगको निदानका लागि कात्तिक २६ मा पत्नी सीतालाई लिएर दाहाल म्याग्दीको तातोपानी पनि पुगेका थिए।

मस्तिष्कमा रहेको नसासम्बन्धी समस्या नै पार्किन्सन रहेको त्रिवि शिक्षण अस्पतालका नसारोग विभाग प्रमुख डा। रागेश कर्ण बताउँछन्। यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ। ‘विगतमा मस्तिष्क ज्वरो आएको, औषधिको असर र मस्तिष्कमा चोटपटक लागेको छ भने पनि पार्किन्सन रोग हुन सक्छ,’ उनले भने।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्