मंसिर २२, काठमाण्डौ । सरकारको कडा आलोचना गरेको भन्दै प्रधानमन्त्री केपी ओली बुद्धिजिवि माथि खनिएका छन् । बुद्धिजिविले भने प्रधानमन्त्री ओलीको जवाफ अस्भाविक भएको टिपणी गरेका छन ।
प्रधानमन्त्री ओलीले आफुले जवाफ दिए बुद्धिजिवि थलापर्ने चेतवनीपुर्ण अभिब्यतिm दिएपछि सरोकारवालाहरुले आपत्ति जनाएका हुन् ।
क्रिश्चियन धर्म प्रचारक विवादास्पन्द संस्थाले गरेको सम्मेलनमा सहआयोजकको रुपमा सहभागी भएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यव्रmममा बुद्धिजिविहरुको कडा आलोचना गरे ।
सरकारवारे बुद्धिजिविहरुको टिप्पणी असभ्य भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धिजिविहरुलाई आफुले जवाफ दिए थला पार्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले सत्यतथ्यका सम्बन्धमा आफुसँग बहस गर्न आउन इच्छा गरेको होकी होइन भन्दै प्रतिप्रश्न गरेका छन् । उनले जथाभावी नबोल्न चेतवानी पनि दिएका थिए ।
प्रधानमन्त्रीले बहसमा आमनत्रण गरेको भएपनि त्यसका वातावरण बन्ने हो भने आफूहरु बहसमा उत्रिन तयार रहेको वुद्धीजिवीहरुको तर्क छ । तर बहसका जुन तरिकाले आव्हान गरियो त्यो आपत्तिजनक भएको उनीहरु बताउँछन् । सरकार र प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएका प्राध्यापक डाक्टर सुरेन्द्र केसीले प्रधानमन्त्रीलाई अनावश्यक टिप्पणी गर्नुभन्दो काम गरेर देखाउन चुनौति दिएका छन् ।
राजनीतिक विष्लेशक लोकराज बराल पनि ओलीको अभिव्यक्ति आपत्तिजनक भउको बताउँछन् । काम नगर्ने तर हल्ला बढि गर्ने ओलीको प्रवृत्ति अन्त्य नभएसम्म यस्ता आलोचना नरोकिने उनी बताउँछन् ।
प्रधानमनत्री ओलीले दिएको बुद्धिजिवि सम्बन्धि अभिब्यक्तिप्रति कसैले सन्तुष्टी व्यक्त गरेका छैनन् । सरकारले जनादेश अनुसार काम गर्न नसकेको भन्दै चौतर्फि आलोचना भैरहको छ । तर सरकारले जनादेश अनुसार काम भएको तथा नयाँ युगको सुरुवात गरेको दावी गरेको छ । सरकारको दावी पुष्टी हुने गरी भने काम भएको देखिदैन ।