Logo

पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई होटेलमा खुशी हुँदै किन नाँच्दै हिँडेको भनेर प्रश्न गरेका छन् ।

शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गर्दै प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । प्रचण्डले मादी गाउँपालिका–१ सिक्लेसमा आज आयोजित कार्यक्रममा स्मारकको अनावरण गरेका हुन ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने बताएका थिए ।

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उनले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताउनुभयो । राजनीतिक परिर्वतनको लागि तत्कालीन सात राजनीतिक दल तथा विद्रोहीसमेत एक भएर सङ्घर्ष गर्दै संविधान निर्माण गर्न सफल भएको र अब आर्थिक समृद्धिका लागि पनि सबै पक्ष एकताबद्ध हुनुपर्ने खाँचो अध्यक्ष प्रचण्डले औँल्याए ।



प्रतिक्रिया दिनुहोस्