Logo

स्थायी समिति बैठक किन भयो स्थगित ? यस्तो छ रहस्य



पुष ९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेपछि बैठक नै स्थगित भएको छ ।

बैठक पुस ११ गते बस्ने तय भएको छ । सरकारको स्वस्छाचारी काम गरेको, पार्टी नेतृत्व सामुहिक निर्णयमा नहिडेकोलगायतका विषयमा सदस्यहरुले आलोचना गरेपछि आक्रोश मथ्थर पार्न बैठक स्थगीत भएको अनुमान गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)को स्थायी समिति बैठक राजनीतिक प्रतिवेदनमा सहमति खोज्न तीन दिन पर धकेलिएको छ । गत २९ मंसिरबाट सुरु भएको बैठकमा शीर्ष नेताहरूकै मत बाझिएपछि सहमतिको प्रयासमा बैठक स्थगित गरिएको हो  ।

आईतबार विहानको बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भयो । रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटालगायतका नेताले पनि नेतृत्वले आत्मालोचना गर्नेपर्ने अडान लिएका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भन्दै कडा जवाफ दिएपछि बैठकमा झन्झन् चर्काचर्की बढेको थियो । नेतृत्वले आत्मालोचना नगरेसम्म नछाड्ने र, गल्तीलाई गल्ती भयो भनेर स्वीकार नगरेसम्म दवाव दिइरहने नेताहरुले बताएपछि बैठक आईतबार साँझसम्म स्थगीत गरिएको थियो । आफूबाट कुनै गल्ती नभएको भन्दै आत्मालोचना नगर्ने अडान राखेका ओलीले बैठकमा नेताहरुले आफुलाई आत्मआलोचनाको लागी दवाव दिने देखेपछि आलोचना मत्थर पार्न बैठक ४ दिन पर धलेको हुनसक्ने नेताहरुले अनुमान गरेका छन् ।

आउदो ११ गते तय बैठकमा नेताहरुको उठाएको विषयमा अध्यक्षद्धवयले जवाफ त देलान तर विगतका गल्ति आउदा दिनमा दोहो¥याछन् की सुधार्छन् भन्ने चासोको विषय छ । नेकपाका धेरै नेता–कार्यकर्ताले अपेक्षा गरेजस्तो स्थायी कमिटी बैठकको तस्बिर देखिएन । जवाफदिनको लागी अध्यक्षले बैठक सारेपछि विवाद सुल्झिनुको सट्टा थप बल्झिँदै गएको छ । गुटले संस्थागत रूपमै प्रवेश पाएको छ ।

स्थायी कमिटीको यो बैठकपछि पनि नेकपाको आन्तरिक झगडा अन्त्य हुने सम्भावना कम छ । पाटीभित्र एकाधिकारवाद हाबी भएको, महत्वपूर्ण नियुक्ति हुँदा पार्टी बेखबर रहेको, विवादास्पद छविका व्यक्ति नियुक्त हुँदा पार्टीको साखमा पनि आँच पुगेको टिप्पणी आइर्रहदा नेकपा नेतृत्वले आउदा दिन सच्चिनुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्