Logo

नारायणकाजीलाई ओलीप्रति पूरा विश्वास, गोरखामा यस्तो अभिव्यक्ति दिए



गोरखा, १४ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताले अनुभुति गर्नेगरि काम गर्नेमा पुरापुर विश्वस्त छन् । उनले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको पनि दाबी गरेका छन ।

शनिबार गोरखाको बारपाकमा प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीप्रति यस्तो विश्वास राखेका हुन् । उनले भने,“सङ्घीय सरकार बनेको नौ महीना मात्र भएको छ, अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।”

शिक्षा, स्वस्थ, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट कोही पनि पीडित हुन नपर्ने गरी विकसित नेपालको निर्माणका लागि सरकार लागि परेको उहाँले बताउनुभयो ।

“विकास र समृद्धिको प्रतिफल आम जनताले आफ्नै पोल्टामा अनुभूति गर्नेगरी परिवर्तन आवश्यक रहेको पनि नेता श्रेष्ठले औंल्याए । उनले भने, “तर त्यसका लागि केही समय लाग्छ ।” वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पु¥याएको नेता श्रेष्ठको भनाइ छ ।

उनले अघि भने, “विदेशीसँग सहयोग लिन्छौँ, मित्रता कायम गर्छौं तर हस्तक्षेप स्वीकार गर्दैनाँै भन्ने एउटा नीति लागू भएको छ, यो सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम हो।”



प्रतिक्रिया दिनुहोस्