पुष १६, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री महासेठले उनीमाथि लागेको भ्रष्टाचारको आरोपको खण्डन गरेका हुन् ।
मन्त्री भएपछि विभिन्न काम गर्ने शिलशिलामा कमिसन खानेगरेको आरोपको जवाफ दिदै महासेठले प्रमाण देखाउन चुनौति दिए । उनले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए आत्महत्या गर्नेसम्मको कुरा गरे ।
उनले पछिल्लो समय सबै मन्त्रीहरु रातदिन काममा जुटेको पनि दावी गरे । अबको चार वर्षभित्र नेपालको मुहार परिवर्नत गरेरै छाड्ने उनको जिकिर छ । १० महिनामै देशको मुहार नफेरिने उनले तर्क गरे ।
महासेठसँग गरिएको कुराकानी :