Logo

नेपालमा भारतले ल्याइदिएको गणतन्त्र भारतले नै फालिदिन सक्छ : थापा (भिडियो)



पुष १८, काठमाण्डौ । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा ९२ वर्षका भइसके । उनी नेपाली राजनीतिक इतिहासको एउटा खम्बा हुन् ।

उनै थापाले नेपालमा गणतन्त्र आउनुमा भारतको महत्वपूर्ण भूमिका रहेको दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै थापाले स्व. गिरिजा प्रसाद कोइरालाको एजेण्डालाई भारतले सहयोग गरेका कारण राजतन्त्रको अन्त्य भएको दावी गरेका हुन् ।

गणतन्त्र आउनुमा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको भूमिका भने खासै महत्वपूर्ण नरहेको थापाले बताए ।

पछिल्लो राजनीतिक परिवेशको विश्लेषण गर्दै थापाले अझै पनि नेपालमा राजसंस्ीथा फर्किन सक्ने अनुमान गरेका छन् ।

राजतन्त्री फर्किनका लागि पनि भारतकै हात रहन सक्ने थापाको बुझाई छ । नेपाली जनताले नचाहे पनि भारतले राजतन्त्र फर्काउन भुमिका खेल्नसक्ने थापाको आशंका छ ।

पछिल्लो समय कमजोर देखिएको कांग्रेसको भविष्य अझै राम्रो हुनसक्ने पनि थापाको भविष्यवाणी छ ।

कांग्रेसले अझै पनि वीपीको मेलमिलाप नीतिलाई छोड्न नहुने थापाको सुझाब छ ।



प्रतिक्रिया दिनुहोस्