Logo

भोली उद्घाटन हुनुपर्ने नेविसंघको महाधिवेशन के भयो ? यस्तो छ तर्क



पुष २७, काठमाण्डौ । नेपली कांग्रेस पार्टीको प्रमुख मेरुदण्डको रुपमा मानिएको भातृसंगठन नेपाल विद्यार्थी संघको १२ महाधिवेशन थप अन्यौलमा परेको छ । पुर्वनिर्धारित कार्यतालिकाअनुसार नेबिसंघको १२औँ महाधिवेशन यही पुस २८ गते हुनुपर्ने हो । तर अहिले वर्तमान नेतृत्वले महाधिवेशन गर्न नसक्ने भन्दै बरिष्ठ उपाध्यक्षसहित ७ जना केन्द्रिय नेताहरुले राजिनामा दिएका छन ।

बरिष्ठ उपाध्यक्ष शाही सहित ७ केन्द्रिय सदस्यहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटी राजिनामा बुझाएका छन । शाही संगै केन्द्रिय सदस्याहरु विकास केसी,संजय यादव, सरोज थापा, प्रकाश घिमिरे, अच्युत कलैनी र प्रेम जोशी रहेका छन । यो संगै वर्तमान कार्यसमितिले ५ महिना म्याद थप्दा पनि महाधिवेशन गराउन नसकेको भन्दै नेतृत्वको चौतर्फी अलोचना सुरु भएको छ ।

उनीहरुले नेतृत्वले यतिका मिती सम्म पनि आफ्नो पदकै लागि विभिन्न बाहानामा महाधिवेशन गर्न नचाहेकोले नैतिक दवावको लागि आफुहरुले राजिनामा दिएको बताएको छ । राजिनामा दिनेमध्येका वरिष्ठ उपाध्यक्ष पुष्प शाहीले आफूहरुले महाधिवेशन समयमा नै गर्न नसकेकाले नैतिकताका आधारमा राजिनामा दिएको बताए ।

त्यसो त यो भन्दा अघि नेविसंघमा विवाद नभएको भने होइन, नेतृत्वको कार्यशैलीदेखि उमेर हदको विषयले पनि नेविसंघमा राम्रै बहस र चर्चा पाएको थियो । विधानतः संघको महाधिवेशन दुई दुई वर्षमा हुनुपर्ने हो । तर महाधिवेशनकै लागि थपिएको समयसीमा समेत भोली पुष २८ बाट सकिदै छ । संगठन नेतृत्वकै कमजोरीका कारण महाधिवेशन समयसिमाभित्र सम्पन्न नभएको भन्दै सवैको उत्तिकै दोष भएको बताउँछन, नेविसंघका केन्द्रिय सदस्य सुशिल भट्ट । म्याद थपेरै भएपनि अव निर्वाचनबाटै महाधिवेशन सकाउनुपर्नेमा भट्टको तर्क छ ।

पटक पटक तोकिएको मितिमा पनि महाधिवेशन गराउन नसक्नु वर्तमान नेविसंघको नेतृत्व नै रहेको भट्टले आरोप लगाए । नेतृत्वसँगै अरु सहायक दोषीहरु पनि रहेको उनको जिकिर छ ।

आफ्ना मान्छेलाई गोजीबाट निकालेर टिके नेतृत्व बनाउन खोजिएको भट्टको आशंका छ ।

११औँ महाधिवेशनबाट नैनसिंह महरको नेतृत्वमा एक सय २१ सदस्यीय कार्यसमितिको दुइबर्षेको म्याद गत भदौ ३ गते दुइबर्षे कार्यकाल सकेको थियो । कार्यकाल सकिएसंगै नेविसंघलाई विघटन गर्ने की तर्दथ समिती बनाएरै भएपनि महाधिवेशन गर्ने भन्ने बारे पार्टीका केन्द्रिय नेताहरुविच तिव्र विवाद समेत भयो ।

तर १२औं महाधिवेशन गराउनकै लागि सुरुमा महर नेतृत्वको कार्यसमितिलाई तीन महिना थप पनि गरियो । यही पुष २८ गतेदेखि ३ दिन नेविसंघको १४ औं महाधिवेशनको मिती तोकिएकोमा अहिलेसम्म देशका १४ जिल्लामा मात्र महाधिवेशन सकिएको छ । यो संगै नेविसंघले अवको नेविसंघ के हुन्छ भन्नेमा अन्यौल छाएको छ ।



प्रतिक्रिया दिनुहोस्