Logo

अनिल झाले भने : ‘सचिव पिट्ने मन्त्री यादवलाई तुरुन्त बर्खास्त गर्नुपर्छ’ (भिडियोसहित)



काठमाडौं, १ माघ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् । मन्त्रीजस्तो मान्छेले सचिवमाथि हातपात गरेर ठूलो भूल गरेको झाको आरोप छ । मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशरण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले यस्तो बताएका हुन् । मन्त्री यादवको कारण सिँगो मधेशी जनताको शीर झुकेको पनि उनले गुनासो पोखेका छन् ।

उनले भने,”यस्ता मन्त्रीको कारण आज सिँगो मधेशी जनताको शीर निहुरिएको छ । उनलाई तत्काल पार्टीेले पनि कारबाही गर्नुपर्छ । पदबाट बर्खास्त गर्नुपर्छ । यस्तो कुरा प्रदेश सरकारलाई सह्य हुँदैन् ।”

त्यस्तै झाले राजपा अहिले सरकारमा जाने हतारोमा नभएको पनि जिकिर गरे । उनले भने,”हामीलाई सरकारमा जान हतारो छैन । यो सरकारले हाम्रो माग पूरा गरेन । अब हामी मधेश नै ठप्प पार्छौ । त्यसैले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने तयारीमा जुटिरहेको बेला सरकारमा जाने कुनै सम्भावना छैन । अब मधेश ठप्प पार्छौं ।”

 



प्रतिक्रिया दिनुहोस्