काठमाडौं, १९ माघ । नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा मुछिएका महाप्रबन्धक सुगतरत्न कंशाकारले शुक्रबार राती पौने ९ बजे एउटा विज्ञप्ती पोष्ट गरे।
पर्यटन व्यवसायीहरुको नाममा निकालिएको विज्ञप्ती उनले हिजो राति आफ्नो फेसबुकमार्फत सेयर गरेका हुन् । ती व्यवसायीहरुले कसैको स्वार्थका लागि नेपाल वायु सेवा निगमलाई तहसनहस बनाउन खोजको आरोप लगाएका छन्।
वाइडबडी खरिदमा कुनै कमजोरी भएको भए कानुनी प्रक्रिया अघि बढाउन चुनौती दिँदै उनीहरुले “भिजिट नेपाल-२०२०” लाई असफल बनाउन र निगमलाई कमजोर बनाउन षडयन्त्र गरिएको दाबी सहित थप वाइडबडी, न्यारोबडी र सानो किसिमका जहाज खरिद गर्न माग समेत गरेका छन्।