Logo

सांसद राजेन्द्र लिङदेनले दिए अनसन बस्ने चेतावनी (भिडियोसहित)



काठमाडौं, २५ माघ । राप्रपाका सांसद राजेन्द्र लिङदेनले झापा जिल्लामा देशको धेरै बजेट गयो भन्ने प्रचार भएको भन्दै त्यसको खण्डन गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद भट्टराईले भने,‘म त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ, जहाँ केन्द्रीय तहबाट नयाँ कार्यक्रमका लागि एक रुपैयाँ पनि गएको छैन, विगतमा सुरु गरेका बहुबवर्षीय योजनाहरु रोक्ने काम भएको छ ।’

उनले संसदमा आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । सांसद लिङलेनले भने, आवश्यक परे साच्चै अनसन बस्छु ।’  कचनाकबल गाउँपालिका लगायतका क्षेत्रमा सञ्चालित बहुवर्षीय योजनाहरु लथालिंग छोडिदा आवागमनमा समेत असुविधा पुगेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्