Logo

नेकपाका नेतालाई राजपाका नेताले स्टुडियो मै दिए यस्तो चुनौति (भिडियोसहित)



माघ २९, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यस अवधिमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्र्दै चर्को आलोचना भइरहेको छ ।

३३ किलो सुन, यातायात क्षेत्रको सिण्डिकेट, वाइडबडी विमान खरिद प्रकरण र निर्मला हत्याकाण्डले सरकारलाई असफलको पगरी लगाइदिएको छ ।

सरकारले गर्न नसकेका कामको चर्चा गरेर असफल भएको भनिरहँदा राम्रा काम चाँही केही पनि नगरेकै हो त ? यसै विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका नेता कृष्णभक्त पोखरेल र राजपाका नेता वृजेशचन्द्र लालसँग कुराका गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै सत्तारुढ दल नेकपाका नेता पोखरेलले सरकारले एक वर्षको अवधिमा धेरै नीतिगत सुधार गरेको दावी गरे । उनले यस अवधिमा १६२ वटा कानुन बनाइएको दावी गरे ।

सरकारले पारित गरेको ऐन कानुनमा विवाद नभएको पोखरेलले दावी गरे । जनताको खान पाउने, बस्न पाउने, स्वास्थ्य उपचार, बेरोजगारीलाई रोजगारी जस्ता महत्वपूर्ण कुरा दिलाउन सरकार सफल भएको पोखरेलले दावी गरे ।

तर राजपाका नेता वृजेशचन्द्र लालले भने सबै ऐन विवादरहित नरहेको जिकिर गरे । पोखरेलले भनेजसरी सरकारले उल्ेखनीय काम गर्न नसकेको लालको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्