चैत १६, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । पार्टी हित विपरीत गतिविधि गरेर पार्टीको शाख गिराएको भन्दै देउवाविरुद्ध उजुरी परेपछि अहिले कांग्रेसभित्र बहस सुरु भएको छ ।
यो संगै पार्टीको हितविपरित काम गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न बनेको अनुशासन समितिले के गर्ला भन्ने चासोको विषय बनेको छ ।
नेपाली कांग्रेसको अनुशान समिति उजुरी गर्न आह्वान गरेसंगै उजुरी पर्ने क्रम तिव्र भएको छ । अहिले पार्टीसभापति श्ेरबहादुर देउवा विरुद्ध नै शनुशासन समितीमा उजुरी परेको हो । बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा गोरखा जिल्लाका कांग्रेस महासमिति सदस्य समेत रहेका राजेन्द्र बजगाईंले देउवाविरुद्ध कारवाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन ।
बजगाइले पत्रमा पार्टी सभापति देउवाले बारम्बार पार्टीको हित विपरित काम गरेको भन्दै कारवाहीको माग गरेका छन ।
तर देउवाविरुद्ध अनुशासन आयोगमा उजुरी गर्ने बजगाईंलाई तुरुन्त कारबाही गर्न तरुण दलले माग गरेको छ ।
पार्टीले कारवाही नगरे तरुण दलले जुनसुकै कदम पनि चाल्न सक्ने भन्दै त्यसको सामना गर्न समेत चेतावनी दिएको ।
तरुण दल अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरी पार्टीको हित र अनुशासन विपरीत नेताहरुलाई मिथ्या आरोप लगाउनेलाई अनुशासनको कारवाही माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।
त्यसो त शनुशासन समितीले पनि यही चैत मशान्तभित्र पार्टीको हित विपरित काम गर्नेमाथिको उजुरी दर्ता गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको थियो ।
पार्टी सभापतिविरुद्ध नै कारवाहीको उजुरी परेपछि सांच्चिकै अनुशासन समिती कारवाही गर्ला की नगर्ला भन्ने चासो बढेको छ । लामो समयको विवाद पछि देउवा निकटकै व्यत्ति भिष्मराज आङदम्बे अहिले अनुशासन समितीको संयोजक छ । उनको नेतृत्वले कारवाही गर्नसक्ला की नसक्ला त ? समितीका सदस्य धनराज गुरुङले पार्टी हितविपरित काम गर्ने जोकोहीलाई कारबाही गर्न सकिने बताउँदै आएका छन् ।
यसअघि गठन भएको रमेश रिजाल नेतृत्वको समितीले निर्वाचनमा पार्टीका नेताहरुलाई आन्तरिक घात गर्नेहरुविरुद्ध परेको उजुरीमा शिर्ष नेताहरुनै मुछिएपछि कारवाही गर्न नसक्ने भएपछि राजिनामा दिएका थिए । तर अहिलेको अनुशासन समिती शत्तिशाली भएकोले पार्टीको हित विपरित काम गर्ने जोकोहीलाई पनि नछाड्ने पक्षमा छन ।
मंसीरमा भएको प्रदेशसभा र प्रतिनिधी सभाको निर्वाचनमा काग्रेस स्थानिय तह देखि सवै ठाउंमा कमजोर देखियो । यसमा नेताहरुविच नै एकले अर्कोलाई सिध्याउने खेलमा लागेको मुख्य कारण मानिएको थियो । समितीमा परेका उजुरीहरुमा पनि केही निर्णय हनु सकेन । तर अहिलेको समितीले निर्वाचनको बेला परेको उजुरीहरु र चैतभित्र परेका सवै उजुरीलाई अनुसन्धान गरी प्रमाणका आधारमा कारवाही गर्ने दावी गर्छन, समिती सदस्य गुरुङ ।
प्रतिनिधीसभामा वरिष्ट नेता रामचन्द्र पौडललाई पराजय गराउन गोविन्दराज जोशीले भुमिका खेलेको,उपसभापति विमलेन्द्र निधिमाथि पनि पार्टीकै नेताहरुबाट अन्तरघातकै कारण पराजय भएको भन्ने जस्ता आरोपप्रत्यारोप उठेको थियो विगतमा पनि १२ समय जति उजुरीहरु अहिले पनि केन्द्रिय कार्यलयमा थन्किएर बसेको छ ।
तर अहिले पार्टी सभापति विरुद्ध नै उजुरी परेको यो पहिलो पटक हो । यो संगै कांग्रेसको अनुशासन समितीले पार्टी सभापति देउवलाई कारवाही गर्ने हैसियत राख्ला या विगतमा झै त्यतिकै सेलाएर जाला अनुशासन समितीमाथि चुनौती थपिएको छ ।