Logo

वारा र पर्सामा हावाहुरीले लियो २७ जनाको ज्यान, रातभरी आतंक



चैत १७, काठमाण्डौ । वारा र पर्सा लगायतका जिल्लामा ठूलो आँधी बेहेरी र चट्टयाङ पर्दा राति साँढे १० वजेसम्म करिब ३० जनाको मृत्यु भएको छ ।

जिल्लाभर आएको प्राकृतिक विपत्तिका कारण अहिले मुख्य अस्प्तपालहरु विरामीले भरिएका छन् । झण्डै एक सयभन्दा बढि घाइते भएका छन् ।

आज साँझको भीषण हावाहुरीबाट जनजीवन अस्तव्यस्त भएको हो । वारा संवाददाता आरोहण शाहले दिएको जानकारी अनुसार असहिलेसम्म टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु¥याएर उपचार भइरहेको उनले बताए । मृतक सबैको विस्तृत जानकारी प्राप्त भइसकेको छैन ।

हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने छ । उद्धार कार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस्