Logo

नेपाललाई हिन्दूराष्ट्र बनाउनु भनेको राजा फर्काउनु हो, म त्यसको पक्षमा छैन् : शशांक कोइराला



काठमाडौं, २२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू कहिल्यैपनि हिन्दूराष्ट्रको पक्षमा नभएको स्पष्ट पारेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले भनेका छन्,‘नेपाललाई हिन्दूराष्ट्र बनाउनु भनेको राजा फर्काउनु हो, म त्यसको पक्षमा छैन् ।’ उनले कांग्रेस धर्म निरेपक्षता, संघीयता र गणतन्त्रबाट अब ब्याक हुन नसक्ने दाबी गरे । उनले भने,‘हाम्रो पार्टी अब गणतन्त्रबाट ब्याक हुँदैन् ।’

पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । उनले भने,‘हाम्रो पार्टीमा देउवाको भन्दा कोइरालाहरुको हजार गुणा बढि योगदान छ । कोइराला परिवारसँग तुलना नै हुन सक्दैन् ।’ उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल प्रधानमन्त्री भएको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्