वैशाख १३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले महाधिवेशनको टुङ्गो अझै लाग्न नसकेको बताएका छत् र
वैशाखमा नै एकताको महाधिवेशन गर्ने भनेर मितिसमते तय गरेको राजपाले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकेपछि संकटमा परेको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले महाधिवेशन जतिसक्दो छिटो सम्पन्न गर्नका लागि छलफल भने जारी रहेको जानकारी दिए ।
राजपाले प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गर्ने भएको छ । नेता यादवले संघीय समाजवादी फोरमसँगको गठबन्धनलाइ अझै बलियो बनाएर सरकारले गर्ने कामको प्रभावकारिता बढाउने विषयमा पनि छलफल गर्न लागिएको बताएका हुन् ।
वारा र पर्साका हावाहुरी पीडित जनतालाई प्रदेश र संघीय सरकारले उचित न्याय दिनुपर्नेंमा यादवले जोड दिए ।
फरक प्रसंगमा यादवले वालुवाटारको ललिता निवास प्रकरणमा दोषीलाई सरकारले संरक्षण गरेको आरोप लगाए । भ्रष्टाचार र विकास एकसाथ हुन नसक्ने भन्दै यादवले देशबाट पहिलो भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए ।