Logo

‘प्रेस स्वतन्त्रताबारे कुनै सम्झौता हुँदैन’



काठमाडौं, १८ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पूर्ण प्रेस स्वतन्त्राबारे आफूहरुले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बुधबार नेपाल पत्रकार महासंघको नेतृत्वमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर निकालिएको प्रभातफेरीलाई नयाँ बानेश्वरमा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

धमलाले सरकारले मिडियामाथि अंकुश लगाउन खोजे त्यो आफूहरुलाई स्विकार्य नहुने जिकिर गरे । मिडिया पूर्ण स्वतन्त्रता भएकै नेपालमा लोकतान्त्रिक आन्दोलनहरु सफल भएको पनि उनको भनाई छ । धमलाले मुलुकका हरेक आन्दोलनमा सञ्चारकर्मीले खेलेका भूमिकालाई सरकारले नकार्न नहुने भन्दै यसको विकास र विस्तारबाट गणतन्त्र अझ बलियो र सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुनै पनि ऐन मान्य नहुने धमलाको भनाई छ । उनले प्रजातन्त्र र लोकतन्त्रको अमूल्य गहना रहेको प्रेस स्वतन्त्रतालाई सरकारले ग्राहयता दिनुपर्नेमा जोड दिए ।

२६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ को आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको ¥याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोही अवसरममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरूङलागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरे । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनःसंरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्