Logo

श्रमिक दिवसमा ओली र महतोबीच भनाभन, निधी र प्रचण्डले के भने ?



वैशाख १८, काठमाण्डौ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । दिवसका अवसरमा बिभिन्न ट्रेड युनियन संघ संस्थाहरुले काठमाडौमा र्याली सहित वृहत कार्यक्रम गरी मनाए । कार्यक्रम सहभागी विभिन्न दलका नेतादेखि प्रधानमन्त्री सम्मले भाषण पनि गरे तर पनि त्यो भाषण उही पुरानै शैली एकअर्कालाई आरोप प्रत्यारोप गर्न बुधबारको कार्यक्रममा पनि कसैले बांकी राखेनन् ।

बुधबार विश्वभर १३० औं मे दिवस अर्थात मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाए । नेपालमा पनि विभिन्न ¥याली सहित बृहत सभाको आयोजना गर्दै मजदुर दिवस मनाए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओली,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि,राजपाका नेता राजेन्द्र महतो,संघिय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट लगाएतकाले उक्त सभालाई सम्बोधन गरे ।

मजदुर दिवसको अवसरमा नेताहरुले श्रमजिवी मजदुरहरुका बारे भन्दा एकले अर्कालाई आरोप प्रत्यारोपमा बढी समय खर्च गरे । कार्यक्रमको सुरुवातमै सम्बोधन गरेका राजपाका नेता राजेन्द्र महतोले सरकार र सरकारको कामकारवाहीको राम्रै संग विरोध जनाए । उनले प्रधानमन्त्री ओलीलाई नामै किटेर बोलेर मात्र सम्बृद्धि आउछ भनेर प्रश्न गरे ।

हरेक कार्यक्रममा विभिन्न नयां नयां शब्दजाल रच्न सफल प्रधानमन्त्री ओलीले पनि राजेन्द्र महतोको भनाइ र प्रश्नको जवाफ फकाइहाले । यसै त उखान टुक्का र प्रतिपक्षी दलहरु प्रति सधै व्यांग्य गरीरहने प्रधानमन्त्री ओलीले पनि जवाफ दिइहाले ।

बुधबारको मजदुर दिवसको कार्यक्रममा हेर्दा लाग्थ्यो कुनै सांस्कृतिक कार्यक्रम हेरिरहेको र कार्यक्रममा बोल्ने बत्ताहरु हास्याकलाकार झै लाग्थ्यो । जसले कार्यक्रमस्थल पटक–पटक हासोको स्थाल बनेको थियो । प्रधानमन्त्रीको सम्बोधन पछि प्रमुख प्रतिपक्षी दलका नेता एव्म उपसभापति विमलेन्द्र निधिले सम्बोधन गरे । तर नेता निधिले सम्बोधन गर्ने समयसम्म प्रधानमन्त्री ओली कार्यक्रमस्थलबाट बाहिरी सकेका थिए । निधिले पनि प्रधानमन्त्री ओलीलाई धेरै कुरा भन्न थियो तर प्रधानमन्त्री गइहाल्नु भयो भन्दै प्रधानमन्त्रीको भाषणमाथि असन्तुष्टिका शब्दहरु बर्षाइहाले ।

नेता निधि पछि संघीय फोरमका अध्यक्ष जो उपप्रधान तथा स्वस्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादवले पनि कांग्रेसमाथि विभिन्न आरोप लगाउन भ्याए । उनले कांग्रेसले संघीयताका विषयमा आफुलाई राम्रो संग प्रस्तुत गर्न नसेको भन्दै कांग्रेसको आलोचना गरे ।

त्यस्तै,कार्यक्रमको अन्तिममा सम्बोधन गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोही कसैको विरोध गरेनन । भाषणमा निकै बौद्धिकता देखाउने अध्यक्ष प्रचण्डले भने सम्बोधनको सवै समय श्रमजिवी मजदुरहरुको पक्षमा खर्चेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार र नेकपा पार्टीले आगमी दिनमा ल्याउन लागेको सरकारको निति तथा कार्यक्रम र बजेटमा समेत श्रमजिवी मजदुरहरुकै हकहित र अधिकारका विषयलाई समेट्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी भएका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि अधिकांस समय मजदुर हरुको कै हकहित र अधिकारका विषयमा समय बिताएका थिए ।



प्रतिक्रिया दिनुहोस्