काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वैचारिक बहस सुरु भएको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारेका छन् ।
यद्धपी ओलीले स्वर्गीय भण्डारीले हिजो जे भनेका थिए, त्यहीमात्र अन्तिम नभएको जिकिर गरेका थिए । एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै नेकपामा वैचारिक बहस सुरु भएको छ । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा पनि त्यो झल्कियो ।
उनले भने,‘जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’