Logo

आज जनताको विजय भएको दिन : प्रधानमन्त्री



काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रूपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले भनेका छन,‘बलजफ्ती थोपरिएको अन्यायका विरूद्ध न्यायको जीत हो। शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँसु गणतन्त्र बहालीको संघर्षका पत्रपत्रमा समाहित छन् ।’

ओलीले भनेका छन्, ‘लोकतान्त्रिक अधिकारबाट बञ्चित हुँदा पनि ईश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर बलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड। तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरू जनताको कठोर संघर्ष र बलिदानका उपज हुन्।’



प्रतिक्रिया दिनुहोस्