Logo

‘म र प्रचण्डबीच राम्रो सम्बन्ध छ’



नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राम्रो सम्बन्ध रहेको स्पष्ट पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘उहाँ र मबीच कुनै पनि नराम्रो छैन, सबै कुरा राम्रो छ ।’ उनले आफूले कति वर्ष प्रधानमन्त्री खाने भन्ने कुरा प्रचण्डसँगकै सहमतिमा अघि बढ्ने पनि स्पष्ट पारे ।

फरक प्रसँगमा उनले आफू र भारतीय प्रधानमन्त्री मोदीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको विश्वास दिलाए । उनले भने,‘मोदी र मेरो केमेष्ट्री मिलेको छ, अब नेपाल र भारतबीचको सम्बन्ध धेरै राम्रो हुन्छ ।’

पछिल्लो समय नेपाल–भारत द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी छ । त्यस्तै, नेपाल–भारत सम्बन्धका सबैखाले समस्या हल गर्न तयार पारेको नेपाल–भारत प्रवुद्व व्यक्ति समूह (ईपिजी) को प्रतिवेदनपनि भारतले छिट्टै ग्रहण गर्ने उनले जनाए ।

मोदीले आफ्नो सपथग्रहणमा सार्कका सदस्य राष्ट्रलाई नबोलाई विम्स्टेक सदस्य राष्ट्रलाई बोलाएकोबारे धमलाले राखेको जिज्ञासामा ओलीले भने,‘अब विम्स्टेकलाई प्रभावकारी बनाएर लैजानुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्