Logo

फेरियो प्रचण्डको बोली, ५ वर्ष ओली प्रधानमन्त्री



सुनसरी, १८ जेठ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भनेर पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति फेरिएको छ । उनले पार्टी एकीकरण समयमा भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो पोखेका छन् ।

शनिबार सुनसरीमा कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो पोखेका हुन् । उनले सहमति जे भएपनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्