Logo

ओलीसँग चीन चिढिएकै हो ?



ओलीसँग शतर्क चीन
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर फर्केपछि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । ओलीले छिमेकी चीनबाट चाँडै रेल ल्याउने दाबी गरेर लोकप्रीय बनिरहँदा चिनियाँ राजदूतको प्रतिक्रिया अर्थपूर्ण थियो ।

राजदूत यान्कीको रेलबारेको अभिव्यक्तिपछि ओली र उनका निकटस्थले जोड दिने गरेको रेल ल्याउने महत्वाकांक्षीय भाषण त्यसपछि मथ्थर छ । रेल आउन सहज नभएको यान्कीको अभिव्यक्तिले ओलीको बोलीलाई हल्का सावित गरिदियो ।

शतर्क चीन

ओली भियतनाम र कम्बोडिया पुगेर फर्किएपछि चीन शतर्क भएको छ । अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा नेपाल समेत अमेरिकाको प्राथमिकतामा परेको विषयले चीनलाई चिन्तित बनाएको घटनाक्रमले देखाएको छ ।

भीयतनाम र कम्बोडियामा ओलीको भ्रमण इन्डो प्यासिफिक मामलासँग हेरिएको छ । गत वर्ष संयुक्तराष्ट्रसंघको महासभामा भाग लिन जाँदा न्युयोर्कमा ओलीले भीयतनाम र कम्बोडियाली नेताहरुलाई भेटेका थिए । अमेरिकामा ती देशका नेताहरुसँग भेट हुनु र त्यसपछि भ्रमण हुनुले अमेरिकी योजना अनुसार घटना विकसित भएको देखिदैछ ।

साउथ चाइना सी को टापुको विवादपछि भीयतनाम र चीनबीच विवाद बढेको छ । कम्बोडियामा चीनको प्रभाव बलियो रहेपनि अमेरिकी उपस्थिति बढिरहेछ । विद्यमान अवस्थामा ओलीले यी देशहरुको भ्रमण गरेपछि चीन शतर्क भएको सन्देश प्रवाह भइसकेको छ ।

अमेरिकी चासो

अमेरिकाले नेपालसँगको सैन्य तहको सम्बन्धमा उत्तिकै महत्व दिइरहेको छ । अमेरिकाको रक्षा विभागले नेपाललाई इन्डो प्यासिफिक क्षेत्रमा रणनीतिक साझेदार भनिसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी समकक्षी माइकल पम्पिओसँगको भेटपछि अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिकाको अपेक्षासहितको विज्ञप्ति जारी भएको थियो ।

चीन समावेश नभएको तर अमेरिका, भारत, जापान, अष्ट्रेलिया, इन्डोनेशिया, नेपाललगायतका देशहरु समावेश भएको इन्डो प्यासिफिक क्षेत्रलाई अमेरिकाले रणनीतिक दृष्टिले महत्व दिनुलाई चीनको बढ्दो शक्तिलाई रोक्ने रणनीति देखिन्छ । अमेरिकाले नेपाललाई विगतमा खासै चासो दिदैनथ्यो । अहिले यो कदको चासो दिनुमा उसको सामरिक र रणनीतिक स्वार्थ देखिन्छ ।

भारत, चीन र अमेरिकाको रणनीतिक स्वार्थलाई मध्यनजर गरेर नबढ्ने हो भने देशमा अर्को दुर्घटना निम्तन सक्छ । चीन र भारत जस्ता शक्तिशाली छिमेकसँगको सन्तुलन र शक्तिराष्ट्रहरुको रणनीतिक स्वार्थबाट उत्पन्न परिस्थितिको सामना गर्ने कुटनीतिक चार्तुयता नदेखाउने हो भने ओलीका लागि त चुनौती छँदैछ देशले समेत गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्