Logo

गोल रहित ब्राजिल



काठमाडौँ, असार ४ । आयोजक ब्राजिल कोपा अमेरिका फुटबल अन्तर्गत बुधबार बिहान भएको समूह चरणको आफ्नो दोस्रो खेलमा गोल रहित बराबरीमा रोकिएको छ ।खेल अवधिभर बलमा नियन्त्रण बढी समय रहे पनि ब्राजिलले गोल गर्न सकेन ।

पहिलो खेलमा बोलिभियालाई ३–० ले हराएको ब्राजिल पहिलो खेलमा पेरुसँग बराबरी गरेको भेनेजुएलासँग रोकिएको हो ।दुई खेलबाट चार अंक जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा छ ।

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सवा तीनबजे पछि कोलम्बियाले कतारसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै बिहीबार बिहान सवा ६ बजेपछि हुने खेलमा अर्जेन्टिनाले पाराग्वेको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्