काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आलोपालो सरकार चलाउनेबारे नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति नभएको खुलासा गरेका छन् ।
उनले वर्तमान प्रधानमन्त्री ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री भएको पनि जिकिर गरे । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
यदि आलोपालोमा सहमति भएको भए प्रधानमन्त्री ओलीले पद छोड्नुपर्ने उनको भनाई छ । तर, आफ्नो जानकारीमा अहिलेसम्म उक्त सहमति भएको भन्ने कुरा नभएको पनि उनले जिकिर गरे ।
उनले अहिहले नेपाल र भारतबीच जनस्तरबाटै सुमधुर सम्बन्ध रहेको पनि विश्वास दिलाए । त्यस्तै उनले नेपालमा पानीजहाज आउने कुरा शतप्रतिशत सत्य कुरा भएको भन्दै आफू विश्वस्त रहेको सुनाए ।