Logo

फाइब जी देखि इरानसम्मको विषयमा ट्रम्प र मोदीबीच छलफल



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटमा फाइब जी इरानको विषयमा छलफल भएको छ । ओसाकामा शुरु हुने जी २० सम्मेलनको अगाडि दुई नेताले भेटेर व्यापार र सुरक्षका विषयमा छलफल गरेका छन् ।

व्यापार, रक्षा र फाइभ-जी कम्युनिकेशन नेटवर्कका बारेमा दुई नेताको भेट केन्द्रित रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । भेटपछि मोदीले ट्वीट गरी वृहत विषयमा छलफल भएको उल्लेख गरेका छन् । यसअघि ट्रम्प, मोदी र जापानी प्रधानमन्त्री सिन्जो ओवेबीच त्रिपक्षीय भेट भएको थियो ।

इरानसँग भारतले खरिद गर्दै आएको कच्चा तेलबारे अमेरिकी चासो रहँदै आएको छ । भारतले इरानसँग कच्चा तेल खरिद रोके पर्याप्त तेल उपलब्ध गराउने अमेरिकी प्रतिवद्धता सार्वजनिक भइसकेको छ । पछिल्लो समय भारतले इरानसँगको तेल कटौती गर्दै लगेको छ ।

फाइभ जी कम्युनिकेशन नेटवर्कमा अमेरिका, चीनलगायत बलिया देशहरुको चासो छ । फाइभ जी नेटवर्क भित्राउँदा आफ्नो देशको कम्पनिलाई जिम्मेवारी दिन अमेरिका, चीनलगायतका देशहरुले दबाब दिने गरेका छन् ।

Photo Source: PMO India/Twitter



प्रतिक्रिया दिनुहोस्