Logo

प्रधानमन्त्रीको दावी गलत, अध्ययन भन्छ–मास्क लगाउनैपर्छ



असार २०, काठमाण्डौ । काठमाण्डौ उपत्यकाको धेरै समस्याहरुमध्येको एक हो धुलो धुँवा । खुला ठाउँमा हिँड्दा धुलो धुँवाबाट जोगिनै मुस्किल छ । तर प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाण्डौको आधा कम भएको दावी गर्नुभयो । सर्वसाधारण भने ओलीको दावीअनुसार धुवाँ धुलो कम भएको मान्न तयार छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं धूवा धूलोमुक्त भएको बताएका थिए । गत १४ गते मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा बोल्दै उनले धुलो कम भएको र मास्क लगाउनेको संख्यामा कमी आएको दावी गरेका थिए ।

यो भाषण सुनेपछि कार्यक्रममा उपस्थित दर्शकहरुले राम्रैसँग ताली बजाए । तर वास्तविकता भने प्रधानमन्त्रीले भने जस्तो छैन । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नपर्ने अवस्था छैन् । तर, यथार्थ भने ठीक उल्टो छ । सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन् ।

जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोटलगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्नै मुस्किल छ । बढ्दोे धूलो अनि अनगिन्ती थोत्रा सवारीसाधनले फालेको धुवाँले काठमाडौंको वायुमण्डलमा प्रदूषणको मात्रा उच्च रहेको छ । काठमाण्डौ उपत्यकाबासीको स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ ।
राजधानीको धुलोको समस्या नियन्त्रण गर्ने काठमाडौ महानगरपलिकाले ब्रुमरको प्रयोगले धुला बढार्ने काम भइरहेको छ । तर त्यसको प्रभावकारीता ज्यादै न्युन छ ।
सरकारले गर्ने भाषण यकातिर छन् भने आम सर्वसाधारणले भोग्नु परेको समस्या अर्काेतिर । यसले गर्दा प्रधानमन्त्रीको भाषणप्रति विश्वास घट्दै गएको छ ।

अध्ययनहरूले पनि प्रधानमन्त्रीले भने जसरी काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष निकालेका छन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा बढी प्रदुषित छ । संसारका २९० शहरमध्ये काठमाडौं सातौं वायु प्रदुषित शहर हो ।

नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै गरेको अध्ययन अनुसार काठमाडौंको धुलोमा क्यान्सर गराउने–स्मरण शक्ति घटाउने धातु फेला परेको छ ।

नास्टको एक टिमले गत जेठमा गरेको अध्ययनले धुलोमा स्वास्थ्यलाई असर गर्ने विभिन्न धातु फेला परेको निश्कर्ष निकालेको हो ।

प्रतिग्राम धुलोमा औसतमा तामा ६.१ माइक्रोग्राम, फलाम ४१३० माइक्रोग्राम, निकेल १०.५ माइक्रोग्राम, शिशा २० माइक्रोग्राम र जस्ता (जिंक) १२९ माइक्रोग्राम भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्