Logo

‘देउवा-पौडेलले छोड्नु्पर्छ, हामी नेतृत्व लिन्छौं’ (भिडियोसहित)



काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीको नेतृत्व गर्न आफूहरु सक्षम रहेकोले अब पाका नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरुले विदा लिनुपर्ने घोषणा गरेका छन् ।

बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । भोलिबाटै महाधिवेशनको प्रक्रिया सुरु गरेपनि महाधिवेशन सम्पन्न गर्नको लागि ठ्याक्कै १५ महिना लाग्ने रिजालले जनाए ।

आफूले पाका नेताहरुलाई अब सक्रिय राजनीतिमा विश्राम लिनुहोस भनेर बारम्बार भनिरहेको पनि रिजालले सुनाए । उनले भने,‘मैले यो कुरा निहु खोजेको सुरुमा नभनेको भएपनि बारम्बार भनिरहेको छु, त्यसैले म पनि अब ७, ८ वर्षपछि सक्रिय राजनीतिबाट विदा लिनुपर्छ ।’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दापनि वर्तमान सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले कडा आक्रोश पोखेका छन् ।रिजालले भनेका छन्,‘निर्मलाको बलात्कारीलाई पक्राउ गर्न नसक्ने प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले नैतिकताको कुरा गर्न सुहाउँदैन् ।’

 



प्रतिक्रिया दिनुहोस्