रुससँगको आणविक सन्धीबाट फिर्ता हुने अमेरिकी घोषणाको चीनले विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले सन्धीबाट फिर्ता हुने अमेरिकी घोषणालाई अन्तर्राष्ट्रिय प्रतिवद्धता लत्याएको र एकपक्षीय भनेकी छिन् ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले १७ साउनमा पत्रकार सम्मेलनमार्फत् भनेकी छिन्, “चीन इन्टरमेडियट रेन्ज न्युक्लियर फोर्सेस आइएनएफ सन्धीबाट फिर्ता हुने अमेरिकी घोषणाको घोर विरोध गर्दै गहिरो चिन्ता व्यक्त गर्दछ ।” अमेरिकी घोषणालाई नकारात्मक कदम भनिएको छ । चीनले अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकी गतिविधिप्रति गम्भीर हुन आग्रह समेत गरेको छ ।
चीनले आइएनएफ सन्धीबाट अमेरिका फिर्ता हुने घोषणाको घोर भत्र्सना गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसहितको नयाँ आणविक सन्धीको चाहना व्यक्त गरिसकेका छन् । शितयुद्धताका रुससँग गरेको सन्धीबाट पछि हट्ने अभिव्यक्ति आएलगत्तै १७ साउनमा ट्रम्पले नयाँ सन्धीको आवश्यकता औल्याएका हुन् ।
रुस र चीनसहितको सन्धीप्रति दुवै देश उत्साही भएको ट्रम्पको दाबी छ । तर, चीनले अमेरिकाको आइएनएफ सन्धीबाट फिर्ता हुने घोषणाको विरोध गरिसकेको छ । यसले विश्वमा आणविक हतियारको होडवाजी हुने खतरा बढेका छ ।
यसअघि तत्कालिन सोभियत संघ अमेरिकाले गरेको सन्धी अनुसार ५०० देखि साँढे पाँच हजार दूरी मार हान्न सक्ने क्षेप्यास्त्रमाथि बन्देज लगाइएको थियो । रुसले सन्धी उल्लंघन गर्दै आएको अमेरिकी आारोप छ । रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकाले सन्धीबाट पछि हट्ने घोषणा गरेपछि सँसारभर आणविक हतियारको होडवाजीको डर पैदा भएको थियो । सन् १९८७ मा सोभियत नेता मिखाइल गोर्भाचोव र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफ नाम सन्धीमा हस्ताक्षर गरेका थिए । सन् १९९१ मा लामो दुरीका २७ सय क्षेप्यास्त्र नष्ट गरिएका थिए ।
यो पनि: https://reportersnepal.com/shiva/2019/08/333416.html/
https://reportersnepal.com/shiva/2019/08/333416.html/