काठमाडौं, १९ साउन । संविधानविद् डा. भीमार्जुन आचार्यले अब देशमा राजसंस्था फर्केपनि कसैलाई आपत्ति नहुने धारणा राखेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संविधानविद् आचार्यले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकमा यतिवेला लुटतन्त्र चलिरहेको आरोप लगाए । आचार्यले विद्यमान प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु नै असफल भएको पनि दाबी गरे ।
आचार्यले आफूले मुलुकको लागि संघीयता वरदान नभएर अभिषाप भएको पनि टिप्पणी गरेका छन् । कतिसम्म भने आचार्यले संघीय व्यवस्थालाई नेपालबाट जतिसक्दो चाँडो विदा गर्नुपर्नेपनि बताएका छन् । उनले भनेका छन्,‘यो मुलुकको लागि संघीयता अभिषाप हो । पहिलो कुरा संघीय राज्यको यहाँले आजसम्मको तथ्यांक हेर्नुभयो भने दुनियाँमा २ सय वटा भन्दा बढि देशहरु छन् । त्यो मध्ये केवल २६ देशमा संघीय राज्य व्यवस्था छ । र, ती २६ वटा संघात्मक राज्यमध्ये एकात्मकबाट संघीय राज्यमा गएका देशहरु नेपालभन्दा पहिले केवल चार वटा मात्रै हो । सुडान, नाईजेरिया, ईथोपिया, बेल्जियम हुन । र, नेपालसहित पाँच वटा देश हुन् । जुन -न देश एकात्मकबाट संघात्मकमा गए यो यति अप्राकृतिक भयो पनि यो भन्दा अर्को अप्राकृतिक दुनियाँमा केही पनि छैन् ।’
आचार्यले संघात्मक राज्य व्यवस्था र समावेशिताबीच ७ जन्मको पनि अन्तरसम्बन्ध नरहेको अध्ययन तथा अनुशन्धानले पनि देखाएको सुनाए । अहिलेको भन्दा बढि भ्रष्टाचार यो मुलुकमा पहिले कहिल्यै पनि नभएको पनि आचार्यले दाबी गरे ।