बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा १५ हजार घर नष्ट भएका छन् । घटनामा कम्तिमा पाँच लाख मानिसहरु प्रभावित भएका छन् ।
घटनास्थलमा धेरैजसो घरको छाना प्लास्टिकको रहेको कारणले आगो लाग्न धेरै मद्दत पुर्याएको थियो । घटनाका पीडितहरुमध्ये अधिकांश थोरै पारिश्रमिक कमाउनेहरू हुन् । धेरै मुस्लिम ईद अल अधाको उत्सवको कारणले त्यहाँको बासिन्दाहरु टाढा थिए । आगलागीको अनुसन्धान भइरहेको छ । अग्नि नियन्त्रकले आगो नियन्त्रणमा ल्याउन छ घण्टा भन्दा बढी समय लिएका छन् ।
बँगलादेशमा पछिल्लो समय आगलागीको घटनामा हताहती बढेको छ । फेब्रुअरीमा ढाकामा आगलागीले करीव ८० व्यक्तिको मृत्यु भयो र तटीय शहर चटगाउँको बस्तीमा आगलागी हुँदा नौ जनाको मृत्यु भयो ।-एजेन्सी, Photo Source: Dhaka Tribune