Logo

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच एक घण्टा एक्लाएक्लै भेटवार्ता, यस्तो भयो कुरा



काठमाडौं, ४ भदौ । भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकर र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । प्रधानमन्त्रीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्धका समग्रम विषयमा छलफल भएको छ ।

स्रोतले भन्यो,‘प्रधानमन्त्री र उहाँबीच एक्लाएक्लै एक घण्टा भएको भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धका बारेमा समग्र रुपमा समिक्षा भएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफू र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सुमधुर सम्बन्ध रहेको र विकास र समृद्धिको लागि मोदीसँग मिलेर जाने कुरा राख्नुभएको थियो ।’

त्यस्तै, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदनका बारेमा पनि उनीहरुबीच छलफल भएको बुझिएको छ । उक्त प्रतिवेदनलाई दुवै देशले कसरी बmुभ्ने भन्ने विषयमा कुरा भएको स्रोतको दाबी छ ।भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतले नेपालको प्रगति र उन्नति चाहेको र प्रधानमन्त्री मोदीको पनि त्यही सन्देश रहेको कुरा

प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । उनले नेपाल र भारतबीच बुहआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई नयाँ शिराबाट लैजानुपर्नेमा जोड दिएका थिए । उनले द्धिपक्षीय सम्बन्धमा रहेका सबैखाले समस्या र कमिकमजोरीलाई सुधार गरेर जानुपर्ने पक्षमा आफूहरु रहेको पनि सुनाएका थिए ।

भेटमा विदेशमन्त्री जयंशकरले द्धिपक्षीय सम्बन्धलाई होशियारीपूर्वक अघि बढाउनको लागि भारतको तर्फबाट काम भैरहेको पनि विश्वस दिलाएका थिए । नेपालको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा भारतको पूर्ण साथ र सहयोग रहेको पनि उनले विश्वास दिलाएका थिए ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री डा. जयशंकर काठमाडौं आईपुगेका छन् । बुधबार अपराह्नदेखि काठमाडौंमा प्रारम्भ हुने बैठकमा भाग लिनको लागि जयशंकर काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उनलाई नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले स्वागत गरेका थिए । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ ।



प्रतिक्रिया दिनुहोस्