Logo

तीजमा ब्रत बसेकी चन्दा चौधरीले भनिन्- ‘बलत्कारीलाई फाँसी’



राष्ट्रिय जनता पार्टीकी प्रभावशाली नेता चन्दा चौधरी सधै सक्रिय रहिरहने महिला नेतामा पर्छिन् । धर्ममा आस्था राख्ने उनले तीजको ब्रत बसेर पतिको दीर्घायुको कामना गर्दै नारी अधिकारका लागि आफू अविरल संघर्षमा रहने बताइन् । उनीसँग नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

यसपटकको तीज कसरी मनाउँदै हुनुहुन्छ ?
तीजमा ब्रत बस्ने, पूजा गर्ने त्यही हो ।
ब्रत बस्नुहुन्छ ?
बस्छु ।
ब्रत बसेर के फाइदा ?
फायदा बेफाइदाको लागि ब्रत बस्ने होइन । यो हाम्रो परम्परागत संस्कार, संस्कृति हो । हिन्दु धर्मको जुन परम्परा छ । त्यसलाई हामी निरन्तरता दिइरहेका छौं ।
तपाईं हिन्दू धर्म मान्नु हुन्छ ?
हो, म हिन्दू धर्म मान्छु ।
नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने पक्षमा हो तपाईं ?
हिन्दु राष्ट्र बनाउनुपर्छ/पर्दैन त्यो जनताको विषय हो । जनताले चाहे भने हिन्दु राष्ट्र नै बन्छ । एक/दुई जनाले चाहँदैमा केही हुनेवाला छैन ।
तीजको अवसरमा एउटा गीत गाइदिनुस् न ?
पहिला गाइन्थ्यो आज नगाउने । पूजा गर्ने, ब्रत बस्ने नेपाली आमा, दिदी, बहिनीहरुलाई तीजको शुभकामना दिने रमाइलो गर्ने भनेर । हामी त पानी पनि नखाइकन ब्रत बस्ने हो ।
श्रीमानको लागि पानी नखाइ ब्रत बस्ने हो ?
हो । श्रीमानको दीर्घायुको कामना गर्ने ।
नारीहरुको श्रीमानप्रति ठूलो सद्भाव छ हो ?
छ नि, नेपाली नारीहरुमा आफ्नो श्रीमानप्रति ठूलो सद्भाव हुन्छ ।
महिला अधिकारको कुरा गर्दा आज हामी कहाँ छौं ?
महिला अधिकार एउटा पाटो हो । त्यो हुनुपर्छ । धर्म, संस्कार, संस्कृति, परम्परा अर्को पाटो हो । महिलाला सशक्तिकरण कसरी गर्ने ? शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच कसरी पु¥याउने ? उनीहरुमा आर्थिक, साजिक र राजनीतिक रुपान्तरण कसरी गर्ने त्यो राज्यको कुरा हो । जुन धर्म, संस्कार, संस्कृति, परम्परा छ त्यसलाई महिला अधिकारसँग जोडेर छोडन्हुँदैन । महिला अधिकारको लागि त हामी सँधै लडिरहेका छौं । त्यो राज्यले गर्ने कुरा हो । तर, संस्कार, संस्कृति र परम्पराछ त्यसलाई हामीले जोगाएर राखेका छौं/राख्ने छौं ।
नेपाली महिलाहरु अझै हिंसाको चपेटामा छन् त्यतातिर तपाईंहरुको ध्यान किन जाँदैन ?
किन छैन ? छ । हिमालदेखि तराईसम्मका महिलाहरु राजनीतिक, आर्थिक, सामाजिक र लैंगिक हिंसाको चपेटामा छन् । जुन छाउपढी, दाइजो, बोक्सीको आरोप, बलात्कारलायतका हिंसाले नेपाली महिला प्रताडित छन् । यसलाई कम गर्न राज्यले ध्यान दिनुपर्छ । हाम्रो देशमा महिला सिंहमा संलग्न व्यक्तिलाई कारबाही नै हुँदैन । विभिन्न शक्तिका आडमा छुटाइन्छ । दोषीलाई कारबाही नगरेपछि गल्ती गर्न मानिसलाई डरै हुँदैन । यसमा महिला अधिकारकर्मी जति आवाज उठाउँदा पनि राज्यले सुन्दैन । मैले त बलात्कार गर्ने फाँसीको सँजाय हुनुपर्छ भनेर विभिन्न फोरममा भनिरहेको छु । महिला अधिकारको लागि कानुननै संसोधन गर्नुपर्ने भएको छ । फेरि महिला अधिकारको लागि महिलाले मात्रै बोल्नुपर्छ भन्ने होइन । आफ्ना आमा, दिदी, बहिनीको अधिकारका लागि नबोल्नु पितृसतात्मक सोच हो ।
फाँसीको सजायको कानुनी व्यवस्था हाम्रो देशमा छैन नि ?
संविधान नै सोशोधन गरेर जान सकिन्छ ।
त्यसको लागि सबै राजनीतिक पार्टीहरु तयार हुनुपर्यो नि ?
हाम्रो पार्टी तयार छ ।
तपाईंको पार्टी तयार तर कांग्रेसलगायत अरु पार्टी हुनुपर्यो नि ?
कांग्रेस पनि तयार हुन्छ तर बहुमतको सरकारवाला पार्टी तयार छैन ।
अरुको तुलमा २ नम्बर प्रदेशका महिलाहरु बढी शोषित, पीडित छन् किन ?
२ नम्बर प्रदेशका मात्रै होइन देशैभरीका महिलाहरु शोषित, पीडित छन् । जब संघीय ढाँचामा मुलुक गइसकेपछि प्रदेश सरकारहरुले पनि ध्यान दिनुपर्छ । शोषित, पीडित, बेरोजगारी, सबै विषयमा प्रदेशले ध्यान पु¥याउनुपर्छ । चाहे त्यो २ होस् या ५ जुनसकै प्रदेशले शोशिषत पीडित महिलाको विषयमा । खाली सेमिनार, गोष्ठी, मिटिङ गरेर मात्रै हुँदैन । रिजल्ट आउने गरी काम गर्नुपर्छ । कुन अभियान ल्याउँदा न्यूनिकरण ल्याउन सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । जसका कारणले नेपाली महिलामा शोषण, पीडा, हिंसा, हत्या, हलात्कार, अशिक्षा, बेरोजगार हटाउन सकियोस् ।



प्रतिक्रिया दिनुहोस्