अन्तिम समयमा गति नियन्त्रण गर्न नसक्दा चन्द्रयान २ को विक्रम ल्यान्डर सम्पर्कविहिन भयो । चन्द्रमामा अवतरण गर्न मात्र केही मिनेट बाँकी थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो देशको गौरवशाली इतिहास निर्माणको खुशी बाँड्न वैज्ञानिकहरुको साथमै थिए । धड्कन बढिरहेको थियो । तर, चन्द्रमामा ओलर्न मात्र २ं.१ किलोमिटर दूरी बाँकी थियो । त्यतिबेला विक्रम सम्पर्कविहिन भयो ।
यान डेढ महिना अघि प्रक्षेपण गरिएको थियो । पृथ्वीको अक्षबाट चन्द्रमाको अक्षमा पुग्न निकै ठूलो जोखिम पार गरेको थियो । चन्द्रमाको नजिक बढ्दै गएको यानबाट ३ सेप्टेम्बरमा विक्रम ल्यान्डर अलग भएर चन्द्रमातर्फ बढेको थियो । प्रतिघन्टा ६०४८ किलोमिटर गतिमा रहेको विक्रम ल्यान्डरले गति घटाएर प्रतिघन्टा ७ किलोमिटर कायम गर्नुपथ्र्यो । त्यसैमा चुक्दा ल्यान्डर सम्पर्कविहिन भयो ।
ल्यान्डर सम्पर्कविहिन भएपनि मुख्य अन्तरीक्षयान सुरक्षित छ । यसैबाट विक्रम ल्यान्डर अलग भएर चन्द्रमातर्फ बढेको थियो । अन्तरीक्षयानले चन्द्रमालाई एक वर्षसम्म परिक्रमा गरिरहनेछ । भारतीय अन्तरीक्ष केन्द्र इसरोले २३७९ किलोग्राम तौलको यान चन्द्रमाको अक्षमा रहेर काम गर्नेछ ।
प्रज्ञान रोभर बोकेको विक्रम ल्यान्डर चन्द्रमामा सफल अवतरण गरेको भए भारत चन्द्रमामा यान अवतरण गराउने चौंथा राष्ट्र बन्थ्यो । अवतरण गरेको भए उसले केही परीक्षण गरी पुनः पृथ्वीमा फर्कने योजना थियो ।