Logo

गगनको साथ पत्रकार शिवाकोटीलाई, शाही सत्ताविरुद्धको आन्दोलनमा यस्ता धम्कीको सामना गरेकै हो..



काठमाडौं, १७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको यौनकाण्ड बाहिर ल्याउने हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवकोटीमाथि आक्रमणको धम्कीको निन्दा गरेका छन् ।

हाम्राकुरा डटकममा प्रकाशित हाम्राकुराका सम्पादक शिवाकोटीमाथि आक्रमणको योजना शीर्षकको समाचार आफ्नो फेशबुक पेजमा शेयर गर्दै नेता थापाले कडा निन्दा गरेका हुन् । उनले शाहीसत्ता विरुद्धको आन्दोलनमा यस्ता धम्कीको सामना पटक पटक गरेकै हो भन्दै मनोबल उच्च मनाउन पत्रकार शिवाकोटीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्,”शाहीसत्ता विरुध्दको आन्दोलनमा यस्ता धम्कीको सामना पटक(पटक गरेकै हो,अजयजी!मनोवल उच्च बनाउनुहोस् । हिजो निरंकुशता र हिंसाको निशानामा त नडगेको त्यो कलम आज सत्ताको आडमा कसैले कमजोर बनाउन सक्दैन।न्यायका निम्ति आवाज उठाउने असंख्य नेपालीको उर्जाले तपाईंलाई अझै मजवुत बनाएको छ।”



प्रतिक्रिया दिनुहोस्