Logo

महरा काण्डबारे बोले देउवा, पीडित महिलालाई धम्काएर बयान फेर्न लगाएको आरोप



काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको आरोप लगाएका छन् ।

शनिबार मित्र युवा क्लबले दशैंको अवसरमा काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप बताए । उनले महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।

उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्