काठमाडौं, २० असाजे । काश्मिर पर्यटकका लागि खुलेको छ । काश्मिर सरकारले पर्यटकका लागि राज्यलाई खुल्ला गर्ने निर्णय लिएको हो । राज्यपालले बिहिबार १० अक्टोबरबाट पर्यटकका लागि खोल्ने गरी निर्णय लिएका छन् ।
यसअघि २ अगष्टमा तत्कालिन जम्मु काश्मिर सरकारले सुरक्षाको कारण देखाउँदै पर्यटकहरुलाई राज्य छाड्न निर्देशन दिइएको थियो । आतंकवादी घुसपैठ रहेको भन्दै भारतले उक्त कदम चालेको थियो । त्यसको केही दिनमै भारतले काश्मिरलाई प्रदान गर्दै आएको विशेष राज्यको दर्जा खारेज गरिदियो ।