Logo

‘महरा प्रकरण’ बारे माधव नेपालले आक्रोशित हुँदै भने-अनुचित काम गर्ने अनि जोगाउने ? (भिडियोसहित)



काठमाडौं, २१ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अगाडि बढेको कारबाहीबारे बोल्दै अनुचित काम गर्नेलाई कसैले पनि जोगाउन नहुने बताएका छन् । उनले अनुचित कार्यको कसैले संरक्षण दिन नहुने समेत बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा विशेष अन्तवार्ता दिने क्रममा उनले आक्रोशित हुँदै भने, ‘अनुचित काम गर्ने अनि जोगाउने ?’ आफूले कहिले पनि अनुचित र विकृत काम गर्नेलाई जोगाउने पक्ष नलिएको स्पष्ट पारे ।

महरालाई जोगाउन आफूले पार्टीको सचिवालय बैठकमा बोलेको विषय झुट भएको भन्दै समाचार लेख्नेलाई समेत फटाहा भने । उनले रिसाउँदै भने, ‘त्यो समाचार दिने फटाहा को हो र लेख्ने फटाहा को हो ? ‘आफू सधै विधिको शासन र अनुशासनको पक्षमा रहेको बताए ।
नेपालले आक्रोशित हुँदै भने, ‘माधव नेपाल विकृति र अनुचित कुराको विरोधी हो र जसले त्यस्तो कार्य गर्छ त्यसलाई कुनै हालतमा पक्षपोषण गर्न हुँदैन । ‘आफ्नाविरुद्ध अर्नगल प्रचार हुने गरेको भन्दै त्यसको कडा प्रतिवाद गरे ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्