Logo

राष्ट्रपति भण्डारीले गरिन् सीको भव्य स्वागत (तस्विरसहित)



काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा भर्खरै त्रिभु्वन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यानो स्वागत गरेकी छन् । उनको साथमा छोरी पनि सहभागी भएको देख्न सकिन्थ्यो । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् ।

चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् ।राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानेछन् ।



प्रतिक्रिया दिनुहोस्