काठमाडौं, १ कार्तिक । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालमा पछिल्लो समय वर्तमान राजनीतिक प्रणालीप्रति नै जनता रुष्ट बनेको टिप्पणी गरेका छन् । मुलुकमा पछिल्लो समय एकपछि अर्को गरेर घटेका घट्नाहरुपनि राजनीतिक व्यवस्थाको सह–उत्पादन नै भएको उनको तर्क छ ।
रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा विश्लेषक केसीले भने,‘यो प्रणालीको सह–उत्पादन हो । यस्तो प्रवृत्ति भैरहन्छन् । अब राजनीतिलाई व्यापरीकरण गरेपछि अनेक किसिमका प्रवृत्ति जारी रहेको हुन्छन् । नेता तथा सांसदहरुलाई कहिले सरंक्षण दिईन्थ्यो, कहिले दिईदैन् । यो त्यही हो ।’
महरालाई पश्चिमाहरुले फसाएको हो भनेर बाहिर चर्चा चलेको छ नि भनेर सोधेको प्रश्नमा उनले भने,‘महरालाई फसाएको हो कि होईन भन्ने कुरा प्रचण्डले भन्नुपर्यो । महरा त प्रचण्डका विश्वासपात्र र नजिकका मान्छे हुन् । यदि हो रैछ भने नैतिकताको जिम्मेवारी प्रचण्डले लिनुपर्यो ।’ त्यस्तै, उनले पछिल्लो समय गणतन्त्रप्रति नेपाली जनताको वितृष्णा बढेको पनि दाबी गरे । तर, नेपाली जनताले चाहँदैमा नेपालमा राजसंस्था ल्याउन नसक्ने उनको दाबी छ । उनले भने,‘नेपालमा राजसंस्था त बाहिरी शक्तिले चाह्यो भने मात्रै आउँछ ।’
त्यस्तै, उनले हालै जनकपुर विमास्थनमा सांसद प्रमोद कुमार साहले बुद्ध एयरको काउन्टरमा गरेको तोडफोडको घट्नालाई दण्डहिनता संज्ञा दिए । उनले भने,‘पावरमा भएकाहरुले त्यही गर्ने हो ।’ आफूले पनि हालसालै पोखरा जाने क्रममा विमानस्थलमा चार घण्टा पर्खनुपरेको र अन्त्यमा ढिला भएर नगएको केसीले सुनाए । तर, उनले विमान कम्पनीहरुले पनि यात्रुलाई ढिलासुस्तीमा राख्न नहुने र समयमै सबै कुराको जानकारी गराउनुपर्ने उनको सुझाव छ । उनले भने,‘विमान कम्पनीहरुले ढिलोवा चाँडो किन हुन्छ ? प्रष्ट पार्नुपर्छ । यात्रुहरुलाई दुःख दिने काम बन्द गर्नुपर्छ ।’
केसीले नेत्रविक्रम चन्द विप्लवले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि जारी गरेको विज्ञप्ती पनि नियमित नै भएको र यसलाई आफूले अस्वभाविक रुपमा नलिएको टिप्पणी गरे । उनले भने,‘मैले उनको विज्ञप्ती हेरें, उनले हिसाबकिताब गर्छु भनेका छन्, त्यो सामान्य हो । अस्वभाविक होईन ।