Logo

बैतडी बलात्कारको फैसला उल्टियो



काठमाडौं, ८ कार्तिक । सर्वोच्च अदालतले बैतडीको एक बलात्कारको घटनामा आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयाँलको इजालसले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याएको हो ।

सर्वोच्चले बलात्कार घटनामा संलग्न भएको आरोप लागेका सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उीहरूमाथि सजाय तोक्नेछ । उक्त घटनामा जिल्ला अदालत बैतडीले १३ वर्ष सजाय र ५० हजार क्षतिपूर्तिको फैसाला गरेको थियो । जसमा ८ वर्षअघि सामूहिक बलात्कारको आरोपमा थप ५ वर्ष सजायको फैसला भएको थियो । पछि लत्कालिन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्ट्याई आरोपितहरू निर्दोष रहेको फैसला गरको थियो ।

एसएसी दिन सदरमुकाम आएकी किशारी बलात्कारपछि नालीमा फ्यालिएकी थिइन् । घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर प्रहरीले लिएन । विद्यार्थीले बजार बन्द गरेपटिमात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्यो र मुद्दा चलायो । सागर जगन्नाथ पुस्तक पसलको सञ्चालक थिए भने अमर चाँदनी फोटो स्टुडियोको सञ्चालक । पीडित किशोरी २०६८ चैत ९ गते एसएलसी दिने तयारीमा रहँदा बलात्कृत भएकी थिइन् ।
आजको कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्