Logo

चौथोपटक डायलासिसको लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा



काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक मृगौलाको डायलासिसको लागि धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका छन् । हुन त नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताईएको छ । तर, डायलासिसको लागि नै प्रधानमन्त्री अ‍ोली ग्राण्डी गएको स्रोतको दाबी छ ।

यसअघि प्रधानमन्त्री ओलीले ग्राण्डीमा नै तीन पटक डायलासिस गराईसकेका थिए । पछिल्लो समय उनको मृगौलामा छिटो छिटो समस्या आएकोले उनी नियमित अस्पताल धाईरहेका छन् ।

मृगौलामा क्रियटिनिनको मात्रा बढेको छ । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौलाको प्रत्यारोपण भएको थियो। चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको पूनः प्रत्यारोपणको विकल्प दिएका छन्।

यसअघि प्रधानमन्त्री पूनः प्रत्यारोपणको लागि अमेरिका वा चीनमध्ये एक देशमा जाने तयारी भएको चर्चा चलेको थियो । तर, यो बीचमा मन्त्रिमण्डल पूनर्गठनलगायतका महत्वपूर्ण निर्णय गर्नमा व्यस्त रहेका ओली सम्भवतः आगामी साता यसबारेमा निर्णयमा पुग्ने स्रोतको दाबी छ । file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्