Logo

१११९ पदकमध्ये नेपालले कति जित्ला



काठमाडौं, ९ मंसिर । साग खेलकुद शुरु हुन छ दिन बाँकी छ । काठमाडौं र पोखरामा आयोजना हुने खेलमा २८ खेलमा कुल १११९ पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

साग खेलकुदमा सात देश सहभागी हुनेछन् । कुल ३१९ स्वर्ण पदक, ३१९ रजत र ४८१ काँस्य पदक राखिएको छ । सबैभन्दा धेरै ३८ स्वर्ण पदक पौडीतर्फ रहेको छ । एथलेटिकस, तेक्वान्दो र उसुतर्फ क्रमशः ३६, २९ र २२ स्वर्ण पदक समावेश छ ।

नेपालले मार्सल आर्टसमा सबैभन्दा बढी स्वर्ण पदक आशा राखेको छ । तेक्वान्दो, उसु, जुडो र कराँतेमा नेपालको पदक जित्ने बलियो सम्भावना छ । नेपाली खेल पदाधिकारीले कम्तिमा ५० स्वर्ण पदक जित्ने आशा राखेका छन् ।

बक्सिङमा यसपटक नेपालको बलियो सम्भावना रहेको छ । बक्सिङमा विदेशी प्रशिक्षकलाई प्रशिक्षणका लागि ल्याइएको छ । अन्य खेलमा पनि आवश्यक पर्दा विदेशी प्रशिक्षक ल्याइएको छ ।

पौंडीमा गौरिका केसीले पदक जित्ने बलियो सम्भावना रहेको छ । एथलेटिक्समा नेपालले मध्यम र लामो दूरीमा पदककको आशा राखेको छ ।
फुटबल र भलिबलमा नेपालले पदकको सम्भावना बोकेको छ । फुटबलमा पुरुष र महिला दुवै स्पर्धामा र भलिबलमा महिलातर्फको स्पर्धामा पदकको आशा राखेको छ ।

प्याराग्लाइडिङ हट्दा नेपाललाई घाटा परेको छ । नेपाल प्याराग्लाइडिङतर्फ बलियो छ ।

खेल           स्वर्ण पदक
पौडी               ३८
एथ्लेटिक्स       ३६
तेक्वान्दो          २९
उसु               २२
भारत्तोलन       २०
रेस्लिङ           २०
बक्सिङ           १६
कराते             १९
जुडो               १५
टेबल टेनिस     ७
ब्याड मिन्टन    ७
टेनिस            ७
गल्फ             ४
बास्केट बल     २
३x३ बास्केट बल २
क्रिकेट             २
फुटबल           २
ह्याण्ड बल       २
क्बड्डी             २
खो खो          २
भलिबल         २
बिच भलिबल  २
भारत्तोलन      ५



प्रतिक्रिया दिनुहोस्