Logo

मोदीसँग राजापाक्षेको भेट



श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलो भ्रमण भारतबाट शुरु गरेका उनले हैदराबाद हाउसमा भएको भेटमा मोदीसँग द्धिपक्षीय सम्बन्धका बारे महत्वपूर्ण कुराकानी गरेका छन् ।

राजापाक्षेले पहिलो भ्रमण गन्तव्य भारतलाई बनाएकोमा मोदील्े खुशी व्यक्त गरेका छन् । उनको भ्रमणले दुई देशको सुदृढ सम्बन्ध देखाएको उल्लेख गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएको केही दिनमै राजापाक्षे भारत भ्रमणमा निस्किएका हुन् । उनी पूर्व राष्ट्रपति महीन्द्रा राजापाक्षेका भाई हुन् ।

राजापाक्षेको जीतले श्रीलंकामा चीनको प्रभाव बढ्ने विश्लेषण भइरहँदा भारतको भ्रमण हुनुलाई अर्थपूर्ण मानिएको छ । उनी बिहिबार भारत भ्रमणका लागि पुगेका हुन् । Photo Source: Twitter Page of Modi



प्रतिक्रिया दिनुहोस्