Logo

डाउनहिल साइक्लिङमा नेपाललाई स्वर्ण पदक



१८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुुद (साग) अन्तरगत डाउनहिल साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

बुधबार भएको डाउनहिल एक किलोमिटर दूरीको साइक्लिङमा मलिा र पुरुष दुवैतर्फ नेपालले स्वर्ण जितेको छ । नेपालका पुरुषतर्फ रहेका खेलाडी राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले अन्य प्रतिस्पर्धी खेलाडीलाई उछिन्दै स्वर्ण हासिल गरेको हुन् ।

नेपालको कुल स्वर्ण संख्या २७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्