विश्वकै सबैभन्दा ठूलो रक्षा बजेट भएको देश अमेरिका हो । हरेक वर्ष उसको रक्षा बजेटमा वृद्धि हुँदै आएको छ ।
सन् २०२० का लागि अमेरिकी रक्षा बजेट ७३८ अर्ब अमेरिकी डलर हुनेछ । जुन साँढे सात सय खर्ब नेपाली रुपैयाँ बराबर हुन्छ । यो नेपालको कुल वार्षिक बजेटभन्दा ५० गुणाले बढी हो । नेपालको चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । रक्षामै अमेरिकाले यति ठूलो रकम खर्च गर्छ जुन विकासशील देशको बजेटभन्दा दशौं गुणा बढी हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा बजेटमा शुक्रबार हस्ताक्षर गरेका छन् । सन् २०१९ मा अमेरिकी रक्षा बजेट ७१६ अर्ब डलर थियो । सन् २०२० मा ३.१ प्रतिशतले वृद्धि भएको छ ।
रक्षा बजेटमध्ये ७१.७ अर्ब डलर अफगानिस्तान, सिरिया र यमनमा आतंकवादविरुद्ध लड्नमात्र विनियोजत गरिएको छ । ३१.५ अर्ब डलर आणविक हतियारको आधुनिकिकरणका लागि छुट्याइएको छ ।- एजेन्सीको सहयोगमा