काठमाडौं, पुस ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र लागुऔषध नियन्त्रण व्यूरोबाट दिनैपिच्छे सादा पोशाकमा प्रहरी खटिन्छन्। ती प्रहरीले विदेश जाने र आउने नागरिकको ‘लगेज’ चेकजाचमा बढी जासुस गर्छन्।
बेलुकीको समयमा अन्तर्राष्ट्रिय उडानका हवाईजहाज ल्याण्ड हुनैलाग्दा प्रहरी सर्तकका साथ विमानस्थलभित्र परिचालित हुन्छन्, थाहा नहुनेगरी। विदेशीहरूको लगेज चेकजाच भइरहँदा जासुस गर्न बसेका प्रहरीले शंका लाग्दाबित्तिकै निगरानी बढाउँछन्।
शनिबार प्रहरीले यस्तै ढंगबाट गोप्य रूपमा गरेको निगरानीका क्रममा ‘कोकिन’ लैजान लागेको अवस्थानमा प्रस्थान कक्षबाट दुई विदेशी नागरिकलाई समात्यो।
उनीहरूले ज्याकेटमा बेरेर कोकिन लैजान लागेका थिए। पक्राउ पर्नेमा राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइना र राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारूसी नागरिक पाभेल भेसिलयू रहेका छन्। उनीहरू काठमाडौंबाट हङ्कङ जान लागेका थिए।
एलिना र पाभेलको बयानका आधारमा उहीहरूसँगै कोकिन कारोबार गर्ने वोलिभियन नागरिक राउल जम्ब्राना ओर्डोनेज र रोबर्टो कार्लोस मेरूवीया मेरिइसलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको छ।नागरिक दैनिकबाट