Logo

राजदूत पुरीले ११ बजे राति सांसद चन्दा चौधरीलगायतका लागि यसरी ल्याइदिएछन् साडी



काठमाडौं, १५ पौष । भारतीय राजदूत मञ्जिव सिंह पुरी तीन वर्ष अघि नेपालमा राजदूत भएर आएका मात्र थिए । त्यही बेला राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण भयो ।

भारत भ्रमणका बखत विमान ढिलो उड्दा सपिङको समय मिलेन । भ्रमण दलमा रहेका महिलाहरुले साडी खरिद गर्न नपाएको गुनासो गर्दै थिए । त्यो जानकारी सुनेका राजदूत पुरी सक्रिय भइहाले । सांसद चन्दा चौधरीले भइहाल्यो पछि खरिद गरौंला आइहालिन्छ भनिन् । तर, पुरी चुप लागेनन् । रातको ११ बजे साडी मगाइदिए ।

 

पुरीले रातको ११ बजे साडी मगाइदिएको खुलासा चन्दा चौधरीले आइतबार गरेकी थिइन् । पुरीको बिदाई कार्यक्रममा उनले गरेको खुलासा थियो त्यो । उडिसामा जानुपर्ने विमान ढिलाई हुँदा एक घन्टाको दौरान पुरीले राष्ट्रपति भण्डारीको भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलका लागि साडी उपहार मगाइदिएका थिए । उनले भने, राजदूतमा यति त खूबी हुनुपर्छ ।

Photo: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्