Logo

सशस्त्रमा पाँच डिआइजीका लागि को को छन् दौडमा



काठमाडौं, २३ पौष । सशस्त्र प्रहरीमा छ जना डिआइजी घर गएका छन् । भ्रष्टाचार काण्डमा निलम्बनमा परेका डिआइजी अरबन्द धिताल विशेष पदमा रहेका कारण उनको अवकाशसँगै उक्त पद स्वतः खारेजीमा परेको छ । अब पाँच डिआइजीका लागि दौड शुरु भएको छ ।

वरिष्ठ एसएसपीहरु डिआइजी बन्ने दौडमा लागेका छन् । यसअघि रामप्रसाद श्रेण्ठ अवकाश भएको लामै समय पनि सो पदमा पुर्ति हुन सकेको थिएनन् । त्यसपछि राजबाबु सुवाल अवकाशमा परेका हुन् । सो पदमा पनि पुर्ति हुन सकेको थिएन । गत पुस ११ गते अर्का डिआइजी वसन्तकुमार बानियाँ ३० वर्षे सेवा अवधिका कारण अवकाश भए भने गत पुस १६ गते बुधवार मात्रै डीआइजीहरु सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल पदावधिको कारण अवकाश भएका थिए ।

उनीहरु मध्ये श्रेष्ठ एक वर्ष पदावधि थपेर आइजीपी शैलेन्द्र खनाल बिदा भएपछि आइजीपी बन्ने दाउमा थिए । व्यक्तिका स्वार्थ र महत्वकांक्षाका कारण नियमावली परिवर्तन गर्न नसक्ने गृह मन्त्रालयको अडानपछि ती डीआइजीहरु घर फर्केका छन् । उनीहरुले एक वर्ष म्याद थपगर्न अनेक प्रयासहरु भएपनि उनीहरुको केही लागेन ।

अहिले सशस्त्रमा पाँच डीआइजीका पद रिक्त भएसगै बढुवाको चलखेल सुरु हुन थालेको छ । सशस्त्र प्रहरीका एसएसपीहरुको वरिष्ठताको नामावली हेर्ने हो भने भरत श्रेष्ठ पहिलो स्थानमा पर्छन् । तर उनकोे शैक्षिक योग्यता आइए पासमात्रै भएका कारण उनको बढुवा हुने संभावना देखिदैन ।

यसअघि पनि आईएस्सीमात्रै पास गरेका कारण संजय राण बढुवा हुनबाट रोकिएका थिए । न्युनतम स्नातक तह उत्र्तिण भएको शैक्षिक योग्यताको प्रावधानको कारणले पनि राणा बढुवा हुन सकेका थिएनन् । त्यसैले , उनी प्रतिस्पर्धामा नै आउँदैनन् भने त्यसपछिका एसएसपीहरुमा हरिशंकर बुढाथोकी , कृष्णधक्त बह्माचार्य , राजेन्द्र बस्नेत, हरिशचन्द्र अधिकारी, वंशीधर दाहाल र किशोर प्रधान लगायत रहेका छन् । उनीहरुको ब्याची मात्र नभई पछाडिका ब्याची पनि दौडमा छन् ।-बुधबार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्