Logo

बलात्कारको आरोप लागेका निलम्बित एसएसपी राणा सुनसरी प्रहरीको सम्पर्कमा



सुनसरी, १९ माघ । बलात्कारको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी सौरभ राणा प्रहरी कार्यालयमा बयानका लागि उपस्थित् भएका छन्। बलात्कारको आरोप लागेपछि उनीविरुद्ध सुनसरी प्रहरीले वारेन्ट जारी गरेको थियो । सोही पक्राउ पुर्जीको आधारमा एसएसपी राणा आज जिल्ला प्रहरी कार्यालय सुनसरी आएका हुन् ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुशन्धान अघि बढाउने तयारी गरेको छ । सुनसरीको एक होटलमा राणाले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले किटानी जाहेरी दिएकी थिईन् ।आरोपित राणालाई भने गृह मन्त्रालयले निलम्बन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्